तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमामा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा १२ व्यक्तिको मृत्यु, दर्जनौं घाइते

राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

एक राजमार्ग प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गर्दै भन्नुभयो, “फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँमा भएका दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।”

त्यसैगरी शनिबार दिउँसो ढाकाबाट उत्तरपश्चिमी क्षेत्रमा बोगुरा जिल्लामा दुईवटा बस उक अपसमा ठक्कर खाँदा कम्तिमा चार व्यक्तिको मृत्यु भएको थियो र १० जना घाइते भएको स्थानीय विपत् व्यवस्थापन सेवा तथा सुरक्षा कार्यालयका अधिकारी रतन हुसेनले बताउनुभयो ।

बङ्गलादेशमा दुर्गम भूगोल कमजोर राजमार्ग सेवा,पूराना सवारी साधनको प्रयोग र चालकहरूले ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । बङ्गलादेश विश्वमा सडक दुर्घटनाका कारण उच्च मृत्यु दर रहेको मुलुकमध्ये एक हो ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button