तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको मनहरीबाट गैणा गणना सुरु

मकवानपुर । आजबाट मकवानपुरको मनहरी स्थित प्रतापपुरबाट दुर्लभ जन्तु एकसिंगे गैंडा गणना सूरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा सुरु भएको गणनाको वन मन्त्री प्रेम आलले आज शुभारम्भ गर्नुभएको हो ।

गैणा गणनाका लागि ४० वटा हात्ति प्रयोग गरिएका छन् । ४० वटा हात्तीमा गणक बसेर निश्चित दूरीमा देखिएका गैंडा गणना गर्ने बताईएको छ । ४० जना मुख्य गणक र वैकल्पिक २० जना गणनालाई तालिम प्रदान गरेर गणना सुरु गरिएको गणनामा गैंडाको पछिल्लो अवस्था, बासस्थान, विचरण र संरक्षणको आगामी रणनीति तयार पारिने जानकारी दिईको छ ।

अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो । विगतमा हरेक चारदेखि पाँच वर्षको अन्तरमा गैंडा गणना गरिने गरिएकोमा कोरोना संक्रमणका कारण गत वर्ष रोकिएको थियो । यसअघि सन् २०१५ मा गैंडाको गणना गरिएको थियो । सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५मा गैंडा गणना भएको थियो । सन् २०१५ मा भएको गणनाले चितवन निकुञ्जमा सबभन्दा बढी ६ सय ५ गैंडा देखाएको थियो ।

एकसिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज दोस्रो ठूलो बासस्थान हो । बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा गैंडाको बासस्थान छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर तथा चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गते शुक्लाफाँटामा हात्तीको प्रयोग गरेर गैंडा गरिने निकुञ्जले जनाएको छ ।

गणना सुभारम्भ कार्यक्रममा बन सचिव डा. बिश्व नाथ ओलि, निकुञ्ज बिभागको निर्देशक दिपक खराल, बागमती प्रदेशका बन सचिव, नेपाली सेनालगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button