तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाको हाम्रो बहुमुखी पाठशालामा आगलागी लाखौं रुपयाँ क्षति

धनकुटा ।   धनकुटा नगरपालिका वडा नं.७ मदनचोकमा रहेको हाम्रो वहुमुखी पाठशालामा सोमवार मध्यराती विधुत सर्ट भएर आगलागी भएको छ ।

विधुत सर्ट भएर अचानक मध्यराती आगलागी हुँदा त्यहाँ रहेको सम्पुर्ण सामानहरु जलेर नष्ट हुनुको साथै घरपुर्ण रुपमा ध्वाष्त भएको छ । आगलागीबाट ३५ लाख भन्दा वढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

करिव रातको १–२ वजे समयमा वहुमुखी पाठशालामा रहेको क्यान्टिनबाट आगलागी शुरु भएको अनुमान गरिएको छ । आगो कसरी पाठाशालामा लाग्यो अनुशन्धानकै विषय वनेको छ । आगो सल्किएसंगै ग्याँस सिलिण्डर पड्किए पछि आगलागी भएको स्थानियले थाहा पाएका थिए । अहिले प्रहरी ,स्थानिय बासी र दमकलको सहयोगमा आगो नियन्त्रनमा आएको छ ।

आगलागीबाट वहुमुखी पाठशालामा साउण्ड शिष्टम १० लाख, धनकुटा फिजिकल फिट्नेसले वहुमुखी पाठशालालाई प्रदान गरेको जिमका सामाग्री ८ लाख, फाईवरको टपरी वनाउने मेसिन ६ लाख वरावरको जलेर खरानी भएको छ ।

त्यसैगरी वहुमुखी पाठशालामा नृत्यको लागी कलाकारहरुले प्रयोग गर्ने विभिन्न जातजातिको गरगहाना, भेषाभुषा पनि जलेर नष्ट भएको छ । पाठशालमा रहेको जेनेरेटर, इन्भटर, हारमुनी–२ वटा, मादल, तवला, दराज–२, सोकेस–२ थान लगायत वाद्यवादनको विभिन्न सामाग्री चलेर नष्ट हुँदा साडे ३ लाख भन्दा वढी क्षति भएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताउनु भयो ।

त्यसैगरी क्याण्टिनमा रहेको भाडा, वर्तन, ग्याँस चुला–२ थान, सिलिण्डर ३ थान पडकिएको, फर्निचर, पाठशालाको हलमा नृत्यको लागी राखिएको ऐना, तातो पानी तताउने मेसिन, ह्याचेरी मेसिन १ लाख, ५० हजार वरावरको जलेर नष्ट भएको छ । वहुमुखी पाठशालाको क्यान्टिनको काउण्टर राखिएको नगद ४५ हजार समेत जलेर नष्ट भएको संचालक धना श्रेष्ठले बताउनु भयो ।

ह्याचेरीमा जापानी वेल्डम जातको कुखुरा–४ वटा, बटाई ७५ वटा रहेको सवै जलेर नष्ट भएको धनाको श्रीमान सोभित श्रेष्ठले बताउनु भयो । आगलागी पछि आज विहान प्रदेश सांसद निरेन राई, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी रामनारयण श्रेष्ठ, प्रहरी प्रमुख एस्पी गोविन्द अधिकारी, धनपा–७ का वडाध्यक्ष जङ्गवहादुर आठपहरिया लगायतले स्थलगत निरिक्षण गरेकाछन् । ्

प्रतिक्रिया राख्नुहोस्

Back to top button