तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला हुने

तनहुँ । तनहुँको व्यास–११ स्थित तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला हुने भएको छ । तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेको आयोजनामा उक्त मेला हुन लागेको हो । मेलाको संरक्षकमा व्यास र भानु नगरपालिका रहेका छन् ।

मेला आगामी २०८८ वैशाख ५ देखी ७ गतेसम्म संचालन हुनेछ । मेलाको संयोजकमा व्यास–११ का वडाअध्य्क्ष निर बहादुर खड्का रहनुभएको छ । मेलाका लाफी १७ वटा उपसमिति समेत बनाइएको आयोजकले जनाएको छ ।

ऐतिहासिक तनहुँसुरको प्रचारप्रसार गर्ने उद्देशका साथ मेला गर्न लागेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’मौलिकता जोगाउन र प्रचार गर्न सहयोग मेलाले पुग्नेछ ।’ नगरपालिकाले तनहुँसुरलाई महत्व दिएको नगरप्रमुख न्यौपाने बताउनुभयो ।

मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी बताउनुहुन्छ । उहाँले भन्नुभयो ’स्थानिय संगै बाह्य पर्यटकलाई समेत तनहुँसूरको बारेमा जानकारी दिन सकिन्छ ।’

ऐतिहासिक ठाउँको प्रचारप्रसार संगै सम्पदा जोगाउने उद्धेश्य रहेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । मेलाको आयोजना गर्दा ८ लाख ८० हजार खर्च लाग्ने देखिएको गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’मेलाबाट केहि नाफा भएको खण्डमा तनहुँसूर ईको ट्रेकका लागी प्रयोग गरिनेछ ।

मेलाको लक्ष्य

समग्र तनहुँसुर क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम प्राकृतिक सम्पदाहरुको पहिचान, प्रचारप्रसार, संरक्षण तथा विकास गर्दै एक सुन्दर, शान्त, सुरक्षित वातावरणमैत्री पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ति छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुरको सेनवंशी राजाको दरबार पुनःनिर्माण हुँदैछ । सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौताराको पनि संरक्षण हुन सकेको छैन ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया अहिले रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएपछि गाउँ शुन्य भएको छ ।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए ।

तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन् । साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ ।

तनहुँसुर विशेषतः नेवार र मगरहरुको बस्ती बसेको स्थान हो । तनहुँसुरका प्रशासक भृङ्गीसेनले मणिमुकुन्द सेनको मरणोपरान्त तनहुँसुरमा स्वतन्त्र ठकु¥याइँ स्थापना गरेको र त्यही बेलादेखि हिन्दु संस्कृति परम्परा अनुसार तनहुँ कालिकामाईको पूजाआजा र बलि दिने परम्परातको शुरुआत भएको भनाइ छ । तनहुँसुर दरबारमा सरकारी तवरबाट बडादशै र चैतेदशैंमा दुर्गोत्सव पर्व धुमधामका साथ मनाउने परम्परा अहिले पनि कायम छ ।

नहुँसुरको सेनवंशी राजाको दरबार पुनःनिर्माण हुँदैछ । सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौताराको पनि संरक्षण हुन सकेको छैन ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया अहिले रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएपछि गाउँ शुन्य भएको छ ।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए ।

यस्तो छ विशेषता

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप अन्य हातहतियार, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दी चौतारा, भगवतीपानी मन्दिर, सहिद पार्क, ऐना पहरा, छाप लगाउने ढुङ्गा, साउने कुवा, कुँडापानी, बाइस सिढी चौतारा, ढुङ्गेसाँगु, फुलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानी बगैंचा, धान गोदाम, विष्णु र शिव मन्दिर, गोलाघर, हात्ति बाध्ने किल्ला, टुँडीखेल, दुर्लभ सिलिङ्गे फूल, समुन्द्र र करवीर फल , अन्नपुर्ण, मनास्लु, लाङटाङ हिमश्रृङ्खलाका २० भन्दाबढी हिमालहरु, कुहिरोको रास, सुर्योदय र सुर्यास्तका मनोरम दृश्यावलोकन, कृषि फलफुल र पशुपंक्षी फार्म लगायत होमस्टे वरपरका सम्पदा हुन ।

होमस्टेमा पृथ्वीराजमा पर्ने घाँसीकुवाबाट १२.५ किलोमिटरको सहज मोटरमार्गबाट र पैदलयात्रा रुचाउनेका लागि मुलपानीबाट इको ट्रेक सञ्चालन गरिएको छ । पैदल यात्रामा प्रकृतिसँग रमाउदै करिब २ घण्टामा ६.५ किलोमिटरको दुरी सजिलै पार गर्न सकिने होमस्टेका अध्यक्ष पदम बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button