तपाईँ सुन्दै हुनुहुन्छः

भाषा भाषीको समाचार सम्प्रेषणलाई व्यवस्थित बनाउन सरकारले आवश्यक समन्वय गर्ने

May be an image of 2 people and people standing

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विभिन्न भाषा भाषीको समाचार सम्प्रेषणलाई व्यवस्थित बनाउन सरकारले आवश्यक समन्वय गरी व्यवस्थित बनाउन लागेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज काठमाडौँमा आयोजना गरेको विभिन्न भाषाका सञ्चारकर्मीसँग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गोरखापत्र र रेडियो नेपालले सुरु गरेको विभिन्न भाषा भाषीको समाचारले सबै समुदायमा आफ्नै भाषामा नयाँ खबर पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

May be an image of 5 people and people standing

कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गराउन विभिन्न भाषामा प्रस्तुत गरिने समाचारले पनि मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न भाषा भाषीमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button