तपाईँ सुन्दै हुनुहुन्छः

बर्जु गाउँपालिकाको भवन बन्दै

सुनसरी। सुनसरीको बर्जु गाउँपालिकामा जनताका आधारभूत सेवा प्रवाह गर्ने सुविधासम्पन्न आफ्नै भवन बन्दैे छ ।
साविकको गाविस भवनमा पालिकाको कार्यालय संचालन हुदै आएकोमा अव आफ्नै भवन बन्दै गरेको हो । बहुवर्षिय योजना अन्तरगत गाउँपालिकाको भवन निर्माण सुरु भएको हो ।

आर्थिक वर्ष २०७७ । ०७८ मा पालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि १ करोड ८१ लाख रुपियाँमा ठेक्का लगाएको र लागत अनुसारको काम धमाधम भईरहेको छ । १ वर्षभित्र सम्पन्न गर्ने गरि ठेक्का पाएको छत ढ्लानको  तयारि र्भैरहेको उपरा कन्स्ट्रक्सन कठहरीले जेठ भित्रमा काम सप्पन्न गर्ने जनाएको छ ।बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले १ तल्ले भवनमा निर्माण ठेक्का पाएका ठेक्केदारले पहिलो तल्लासम्मको काम सम्पन्न गरेको खण्डमा कार्यालय जेठ भित्रमा आफ्नै भवनमा संचालन गर्ने तयारी गरेको बताउनुभयो ।

चौधरीले छत ढलानको काम भएकाले निर्माणको कामले गती लिने र बैसाखसम्म एक तल्लासम्मको काम सक्ने दावी गर्नुभयो ।
चौधरीले आफ्नै कार्यकालमा कार्यालयको भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।यहाँको साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाल भवन अभावमा कोचिएर जोखिमपूर्ण काम गर्दै सेवा प्रवाह भईरहेकोमा भवन निर्माण भएपछि सहज हुने अध्यक्ष रघुनन्दन चौधरीको भनाई छ ।

पालिकाको भवन निर्माण कार्यले गती लिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख प्रशासयिक अधिकृत उमेश घिमिरेले बताउनुभयो ।
भवन अभावलाई मध्यनजर गरी भवन निर्माणको ठेक्का लगाएको लेखा अधिकृत विशेष गोतमले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button