तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता (फोटो फिचर)

बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता अघि स्वागत गर्दैै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना । तस्बिर: प्रकाश सिलवाल/रासस

ढाका। बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना । तस्बिर : प्रकाश सिलवाल/रासस

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन । तस्बिर : प्रकाश सिलवाल/रासस

आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो ।

बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान नेपाल वायु सेवा निगमको विशेष विमानबाट यहाँको राजधानी ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि आयोजित ‘गार्ड अफ अनर’ सम्मान ग्रहण गर्दै । तस्बिर:प्रकाश सिलवाल/रासस

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ ।

बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी ढाकामा स्वागत समारोहपछि राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै । तस्बिर :प्रकाश सिलवाल/रासस

दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button