तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५० जना कोरोना सङ्क्रमित थपिए, ९९ जना सङ्क्रमणमुक्त

file photo

काठमाडौँ । आज १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ४ हजार ४ सय ७२ वटा नमुनाको परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ८४ सहित १ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

यस्तै आज ९९ जना कोरोना भाइरसको सङ्क्रमणबा मुक्त टभएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार २० पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार १९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button