तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री सोनलद्वारा बाँधको स्थलगत निरीक्षण

बारा । प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सिँचाइको समस्या समाधान गर्न  बारास्थित सिंगाहा बाँधको स्थलगत निरीक्षण गर्नुभएको छ ।
प्रसौनी गाउँपालिका वडा न. ३ नवतन स्थित सिंगाहा बाँधको निरीक्षण गर्न मन्त्री सोनलसहितको टोली आज सो क्षेत्रमा पुगेको थियो  । बाराका किसानहरूले सिँचाइको समस्याका कारण खेतीपाती गर्न कठिनाइ भोग्नुपरेको गुनासो मन्त्री सोनल समक्ष गरेका थिए ।
मन्त्री सोनलले किसानका समस्याहरूको सम्बोधन गर्न आश्वासन दिनुभएको छ । मन्त्री सोनलसँगै बारा क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य एकवाल मियाँ, प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता लगायतको टोलीले सिँचाइको समस्या र उक्त समस्याका कारण कृषकहरूले भोग्नुपरेका कठिनाइको बारेमा खेतमै गएर अवलोकन तथा किसानहरूसँग  छलफल गरेको थियो ।
चालु आर्थिक वर्षभित्र बाँधको मर्मत गरी कृषकको खेतमा पानी पुर्‍याउन जलस्रोत डिभिजन कार्यालयका प्रमुख महेन्द्र महासेठलाई मन्त्री सोनलले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button