तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लागुऔषधसहित चार जना पक्राउ

भद्रपुर, झापा । झापामा एकै दिन प्रतिबन्धित लागुओषधसहित ६ जना पक्राउ परेको दुई दिन नबित्दै आइतबार थप चार जना लागु औषधसहित पक्राउ परेका छन् ।
प्रहरीले आइतबार बिर्तामोड नगरपालिका ३ स्थित भद्रपुर रोडबाट चार जनालाई लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कचनकवल गाउँपालिका ६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, सोही ठाउँका ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही ठाउँका १६ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको डिएसपी राकेश थापाले जानकारी दिनु भयो  ।
उनीहरूको साथबाट प्रहरीले लागु औषध एमफेटामाइन ६० ग्राम र  ब्राउन सुगर ८० ग्राम बरामद गरिएको छ ।  पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा थप अनुसन्धानका लागि राखिएको छ । उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी थापाले बताउनु भयो ।
यसअघि, शुक्रवार झापाका विभिन्न स्थानबाट ६ जना लागु औषधसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button