तपाईँ सुन्दै हुनुहुन्छः

७०२.९ मेगावाट बिजुली बिक्रीका लागि प्रस्ताव आह्वान

काठमाडौँ । नेपालमा अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै कम्पनीले सङ्खुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि कम्पनी छनोट गर्न प्रस्ताव आव्हान गरेको हो ।
कम्पनीका प्रमुख इन्जिनियर विवेक शर्माले बङ्गलादेश, भारत र नेपालका कम्पनीले बिजुलीको दरमा प्रतिस्पर्धा गर्न सक्ने छन् । प्रतिस्पर्धाबाट छनौट हुने प्रस्तावकर्ताले एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीसँग २५ वर्षका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न सक्नेछन् ।
अरुण तेस्रो आयोजनाको निर्माण कार्य अहिलेसम्म ३५ प्रतिशत बढी निर्माणको सकिएको प्रमुख इन्जिनियर शर्माले बताउनुभयो । ९ सय मेगावाटको यो परियोजनाले सन् २०२३ को फेब्रुअरीसम्म उत्पादन सुरु गरिसक्ने शर्माले बताउनुभयो ।
सो परियोजनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ नेपाली बैङ्कहरूले नै लगानी गर्दै छन् । आयोजनाले करिब १ खर्ब १ अर्ब रुपैयाँ भारतीय बैङ्कबाट जुटाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button