तपाईँ सुन्दै हुनुहुन्छः

महासङ्घले ५० वटा स्टार्टअप/उद्योग व्यवसायीहरूसँग साझेदारी गर्ने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नवीन सोचमा आधारित रहेर उद्यम गरी रहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायीहरूसँग साझेदारी गर्ने भएको छ ।
त्यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
त्यसका लागि आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी समय सञ्चालनमा आएको हुनु पर्नेछ । यस्तो अइडियाकल कृषि, उत्पादनमूलक, सूचना प्रविधि र सेवा क्षेत्रका लागि खुला गरिने छ ।
स्टार्टअप/उद्योग व्यवसायहरू लगानीका लागि छनौट भएपछि उहाँहरूलाई लगानीकर्ता माझ पुर्‍याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभव हासिल गर्नु भएका सफल २० जना मेन्टरहरूको रोष्टर तयार गरिएको महासङ्घले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
स्टार्टअपहरूलाई आवश्यक पर्ने स्रोतसँगै अन्य आवश्यक कार्यक्रमहरू उपलब्ध गराउन महासङ्घकै सचिवालय मा Incubation Center स्थापना गरी सेवा प्रदान गरिने छ । कार्यक्रम सञ्चालनका लागि महासङ्घले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौँ महानगरपालिका, के यु अन्तरप्रेरणा र जिल्ला उवासंघहरूसंग साझेदार संस्थाहरूको रुपमा लिएर काम गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button