तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा मह उत्पादन घट्दो, मौरी पालन गर्नेलाई ज्ञान केन्द्रले अनुदान दिने

बझाङ । जयपृथ्वी नगरपालिका –५ घर भएका धन बहादुर बुढाथापा बाजेको पाला देखिनै मौरी पालन व्यवसायमा लागिरहेका छन् । सानै छदाँको उनलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरी भएको बताउने उनी अहिले ५ घार मात्रै मौरीका घार रहेका बताउँछन् । लामो समय देखी मौरी पालन व्यवसायमा रहेका धन बहादुरको आफ्नो धन भनेकै मौरी भएको बताउँछन् ।
तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरीहरू पनि मर्न थालेपछि उनी चिन्तित भएका छन् । उनले भने “मौरी के कारणले मरे भन्नेबारेमा त्यति जानकार नभए पनि भएका घारहरूमा पनि मह निकाल्दा मह पनि हुँदैन । चैत, वैशाखमा मौरीहरूको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरु मात्र लागेको हुन्छ ।
धेरै बर्ष अगाडि मौरीलाई चर्नको लागी जङ्गल थियो । मान्छेहरू खेतबारीमा तोरी प्रशस्त कोइराला र चिउरीको बोटहरू हुन्थे । अहिले गाउँघरमा केही छैन । अरुत अरुनै भए वनमा फुल्ने लालीगुरास समेत पानी नपरेकाले नफुलेरै सुकेका छन् ।”
कृर्षि ज्ञान केन्द्र बझाङले मौरी व्यवसायीहरूका लागि चिउरीका बोटहरू वितरण गरेको खण्डमा समेत आफु सयौँ बोटहरू लगाउने र त्यसका लागी ज्ञान केन्द्रले सहयोग गर्नु पर्ने र केही बर्ष उत्पादन भएको मह बिक्री गरी घर खर्च र छोराछोरी पढाउन समेत त्यहीबाट चलाउँथे । तर बिस्तारै घर खर्च चलाउन समस्या हुँदै गएको बुढाथापाले बताए ।
 धेरै बर्ष देखी मौरी पालनमा लागेका जयपृथ्वी नगरपालिका २ घर भएका जनक खड्काले समेत विगत केही बर्ष भन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताएका छन् । साथै मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट मह बेच्ने आउनेहरू बढ्न थालेका छन् । दाङ जिल्ला घर भएका लाल बहादुर चौधरी लगायतको टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँहरूमा बिक्रीका लागि पुग्ने गरेका छन् । हाल जिल्लामा महको प्रति केजी ५ सय रुपैयाँमा बिक्री वितरण हुने गरेको छ ।
कृर्षि ज्ञान केन्द्र बझाङको तथ्याङ्क अनुसार हाल बझाङ जिल्लामा मौरी व्यवसायीहरू ४३ जना रहेका छन् । जसमा कुल मह वार्षिक रुपमा  २५ सय केजी उत्पादन हुने गरेको छ । ७ सय ४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८ सय १२ घार रहेका छन् । भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुंगल नगरपालिका उत्तम क्षेत्र मानिन्छ ।
यता कृर्षि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले भने किसानहरूले मौरी पालनका लागी आधुनिक घार र मह उत्पादनमा आधुनिक तरिकाहरू तर्फ प्रेरित भएकाले मह उत्पादन गर्ने मानिसहरू बढेको र मौरीहरूलाई चरन क्षेत्र नास भएकाले, मौरीहरू सुलसुलेको आक्रमणमा परेको, विषादीको प्रयोग बढेको, जलवायुमा भएको परिवर्तनले घर मौरी भन्दा भिर मौरीको मह उत्पादन बढेको छ । फापर, सुन्तला जात, तोरी जस्ता बोट बिरुवा रोप्नु पर्ने उहाँको भनाई छ ।
मौरी पाल्छु भनेर आउने इच्छुक युवा किसानहरूका लागि ढुवानी, अनुदान, परामर्श लगायत तालिमको व्यवस्था समेत रहेको र मह बच्चा देखी बुढा सम्म आयुर्वेदिक औषधी मात्र नभएर यसको सांस्कृतिक धार्मिक, र जन्म देखी मृत्यु सम्म बहु उपयोगी हुने भएकाले मह उत्पादन अरू जिल्लाको तुलनामा बझाङमा घट्दै गएको समेत प्रमुख विष्टले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button