तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बसले ठक्कर दिँदा युवतीको ज्यान गयो

सांकेतिक तस्बिर
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहामा बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । ना ६ ख ८८३३ नंं.को बसले ठक्कर दिँदा स्थानीय कमला देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडिरहेको बसले पैदल हिडीरहनुभएकी देवकोटालाई ठक्कर दिएको बताइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि आक्रोशित स्थानीयवासीले  पूर्वपश्चिम राजमार्गको लम्कीसडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरूले प्रदर्शन गर्दै ट्राफिक प्रहरीको बिट समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम आउने जाने दर्जनौँ सवारीका साधन बिचमै रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button