तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा अफिम खेती नष्ट

जाजरकोट। जाजरकोट प्रहरीले जिल्लाको नलगाड नगरपालिका ६, गर्छिना गाउँमा लगाइएको अबैध लागु औषध अफिम खेतीको नष्ट गरेको छ ।

दल्लीबाट गएको प्रहरीले २० रोपनी पाखोबारीमा लगाएको अफिम खेतीको नष्ट गरेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बताउनुभयो । दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको विशेष सुचनाका आधारमा प्रहरीले उक्त खेती नष्ट गरेको थापाले बताउनुभयो ।

धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएको छ, उहाँले भन्नु भयो । लागु औषध कारोबारीले १ किलो अफिमको बारीमै ७० हजार एक लाख मुल्य दिने गरेका छन । स्थानीय बासिन्दासग लागुऔषध उत्पादन, विक्री वितरण, सेवनको असर र कानुनी ब्यबस्था सम्बन्धि जन चेतना मुलक छलफल कार्यक्रम समेत संचालन गर्न थालेको प्रनाउ थापाको भनाइ छ ।
दुर्गम गाउँमा खेती
दुर्गम स्थानमा यसको अबैध खेती फष्टाएको हो । थोरै लगानीमा धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेतीबाली लगाउन छाडेर यो खेती गर्ने गरेको पाइएको छ । १ रोपनी पाखोमा लगाएको खेतीबाट १ देखि २ किलोसम्म अफिम उत्पादन हुने गरेको छ ।

असोजमा यसको खेती हुने र बैशाख जेठमा निकाल्ने गरीएको छ । अफिमबाट १ लाख देखि ५ लाखसम्म आम्दानी हुने भएपछि खेती लगाउने बढेका हुन । नलगाड नगरपालिका २ को नहकुली लेक र द्धावारेको लेक तथा गाउँमा यसको खेती मौलाएको छ । त्यसैगरी १३ को सिउन, रुप, खाती गुर्ता, फुम्दा, १० रावत गाउँ, ध्यारगाउँ, ९ को बाँसकोट, ताँत्र, घरंगा, ८ को मुकसेरी लगाएतका क्षेत्रमा खेती व्यवसायीक खेती हुने गरेको प्रहरीले जनाएको छ ।

गतबर्ष प्रहरीले नलगाड नगरपालिकाको विभिन्न क्षेत्रमा लगाएको अफिम खेतीको नष्ट गरेको थियो । यो बर्ष पनि ती स्थानमा अफिम खेती गरीएको छ । विकट क्षेत्र भएकोले नियन्त्रण गर्न चुनौती रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button