तपाईँ सुन्दै हुनुहुन्छः

झापाका करिब ८० हजार भूमिहीन परिवारलाई धनीपुर्जा दिने तयारी

झापा । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका झापाका करिब ८० हजार परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने गरी भूमि सम्बन्धी समस्या समाधान आयोगले काम तीव्र बनाएको छ ।

आज बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा भएको छलफलमा आयोगका अध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको रुपमा अनुमानित ८० हजार परिवार रहेको बताउनुभयो ।

छलफलमा उक्त विषयको सूचनालाई सर्वसाधारणको पहुँचमा सहज रुपमा पु¥याउने, भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दल लगायत अन्य सरोकारवालासँग समेत छलफल र सहजीकरण गर्ने, भूमिहीन सुबुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले सहज सेवा लिन सक्ने वातावरण तयार गर्ने विषयमा जोड दिइएको छ ।

अध्यक्ष गिरीका अनुसार आयोग मार्फत २० हजार फारम वितरण भइसकेको छ । अबको डेढ महिनाभित्र सबै पालिकाबाट भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भइसक्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । संविधानले मौलिक अधिकारको रुपमा निर्दिष्ट गरे अनुसार सरकारले आगोग बनाएर काम शुरु गरेको बताइएको छ ।

आयोगले मुख्य रुपमा तीन वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी, भोगचलन गरिरहेको अब्यवस्थित बसोबासी र विगतका अधुराकामलाई पुरा गर्ने छ ।

सुकुम्बासी समस्या समाधान गर्नका लागि गडित आयोगले स्थानीय तहसंग सम्झौता गरेर मात्रै काम गर्ने र स्थानीय तहलाई नै जिम्मेवार बनाएर वास्तविक सुकुम्बासीसम्म पुग्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष गिरीको भनाई छ ।छलफलमा सहभागी अन्यले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button