तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु, अर्का एक घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।

पोखराबाट दमौली आउँदै गरेको ग८प ६६३९ नंको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा घाइते भएका चालक व्यास नगरपालिका–५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

क्षेत्रीको दमौली अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४९ वर्षीय सुरेश सुवेदी घाइते हुनुहुन्छ । घाइते सुवेदीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button