तपाईँ सुन्दै हुनुहुन्छः

 १२ किलो गाँजासहित एक महिला पक्राउ 

बारा । बाराको जीतपुरबाट प्रहरीले १२ किलो गाँजासहित एक मैलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जीतपुरको टेडा रोडबाट १२ किलो गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानीपुर गाउँपालिका वडा नं.४ बस्ने ५० वर्षकी मिना देवी रहेकी छिन्  ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७  जीतपुर, टेढा रोडमा प्लास्टिकको जेब्रा झोलाभित्र गाँजा लुकाई पटेर्वा सुगौलीतर्फ जान अटो कुरी रहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेकी मिना देवीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button