तपाईँ सुन्दै हुनुहुन्छः

रुपनी राइडर्सद्वारा तिलाठी कोइलाडी जायन्टस १५ रनले पराजित 

सप्तरी । सप्तरीको राजविराजमा सञ्चालित सप्तरी प्रिमियर लिगको तेस्रो दिन सम्पन्न पहिलो खेलमा रुपनी राइडर्सले दोस्रो जित दर्ता गर्दै तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ ।
सप्तरीको राजविराजस्थित राज रङ्गशालामा सम्पन्न खेलमा रुपनी राइडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाएको थियो ।
लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४९ रन बनाएका थिए । त्यसै गरी सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दीपेश कँडेलले १५ बलमा २८ रन बनाए ।
रुपनी राइडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए । यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको रुपनी राइडर्सले २० ओभरमा ७ विकेट क्षतिमा १५३ रन बनाएको थियो ।
रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४८ बलमा ५ चौका र १ छक्काको मद्दतले   ४६ रन बनाए । यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३२ रन बनाए । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाएका थिए ।
तिलाठी कोईलाडीको बलिंगमा दीपेश कँडेलले सर्वाधिक ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । । राशिद खान र आदील अन्सारीले समान ११ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच रुपनी राइडर्सका सुनिल धमला छनौट भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button