तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण क्षेत्रमा सञ्चालित बैङ्कहरूको सेवा फितलो हुँदा सेवाग्राही समस्यामा

वीरगंज । पर्साको ग्रामीण क्षेत्रमा सञ्चालित बैङ्कहरूको सेवा फितलो हुँदा सेवाग्राहीहरूले थप समस्या भोग्नु परेको छ ।
सङ्घीयता पछि हरेक स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैकका शाखा स्थापना भएपछि बैङ्किङ कारोबार सहज हुने भनिए पनि अहिले बैकमा नगद जम्मा गर्ने र चेकको रकम भुक्तानी गर्न मात्र सहज भएको र अन्य कारोबारमा थप समस्या हुँदा सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
पर्सा जगरनाथपुर गाउँपालिका वडा नं ३ निवासी विनोद साहले पर्सागढी नगरपालिकाको एनआइसी एशिया बैकको एकाउन्ट पेई चेक लिएको र सो चेक जिराभवानी गाउँपालिकाको सोही बैकको शाखामा गत शुक्रवार जम्मा गरे पनि सोमबारसम्म क्लिरिएन्स नहुँदा समस्या भएको बताउनुभयो ।
त्यस्तै पटेर्वा सुगौली गाउँपालिकाको सानिमा विकास बैकको चेक जिराभवानीस्थित एनआईसी एशिया बैकमा जम्मा गर्न जाँदा क्लिरिएन्स सुविधा नभएको भन्दै बैकका कर्मचारीले एनआईसी एशियाको भिष्वा शाखामा जान आग्रह गरेको पटेर्वासुगौली गाउँपालिका वडा नं ४ का निरज दास थारुले बताउनुभयो ।
चेक जम्मा गर्न सोमबार भिस्वा जाँदा क्लिरिएन्स मेशिन बिग्रिएको भन्दै कर्मचारीले वीरगंज पठाएको थारुले गुनासो गर्नुभयो ।
गाउँमा सुविधा पुर्‍याउने उद्देश्यले स्थापित बैङ्कका शाखाका कार्यालय नहुँदा सेवाग्राहीहरू सोझै वीरगंज जाने र काम सम्पन्न गरी फर्कने गरेकोमा अहिले ग्रामीण बैकका कारण पटेर्वासुगौलीबाट सेढवा हुँदै भिस्वा र त्यहा बाट फेरी बीरगंज जानु पर्दा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button