तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोग पदाधिकारीविहीन

काठमाडौँ । लोकसेवा आयोगका वर्तमान पदाधिकारीको कार्यकाल आज सकिएको छ ।
उमेश प्रसाद मैनालीको अध्यक्षतामा २०७१ चैत ११ गते ६ वर्षका लागि पदाधिकारी नियुक्त गरिएको थियो ।
लोकसेवा आयोगले  ६  वर्षमा गरेका कामको जानकारी दिन आयोगको   केन्द्रिय कार्यालय काठमाडौँमा आज आयोजित  पत्रकार सम्मेलनमा अध्यक्ष मैनालीले पुराना कामको निरन्तरता सँगै नवप्रवर्तनका थुप्रै कामहरू आफ्नो कार्यकालमा सम्पन्न भएको  बताउनुभयो  ।
अध्यक्ष मैनालीले सङ्गठित संस्था र सुरक्षा निकायको पदपूर्तिमा लोकसेवा आयोगको प्रवेशले दरखास्त दिने युवाहरूको सङ्ख्या  बढेको बताउनुभयो ।
अध्यक्ष मैनालीले भोलीदेखि लोकसेवा आयोगद्वारा सम्पादन हुने सम्पूर्ण कामहरू रोकिने हुँदा छिटो भन्दा छिटो पदाधिकारी नियुक्त गर्नु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष मैनालीले लोकसेवा आयोगको परामर्शलाई बोझको रुपमा लिने र अझै पनि आयोगलाई छलेर अस्थायी, करार  र ज्यालादारीमा  आफ्ना मान्छे नियुक्ति गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेको बताउनुभयो ।
अध्यक्ष मैनालीले  नेतृत्वले संस्थालाई अपूर्णताबाट माथि उठाउन सक्ने भन्नु हुँदै आफ्नो कार्यकालमा पुरा नभएका कामहरू आगामी नेतृत्वले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button