तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषधसहित सप्तरीबाट एक जना पक्राउ

राजविराज । सशस्त्र प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सप्तरीको कंचनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो ।

आज (मङ्गलवार) दिउँसो लागूऔषधसहित जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ बाट सरदारलाई पक्राउ गरिएको हो । उहाँको साथबाट विभिन्न किसिमका लागुऔषध फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

लागूऔषधसहित सरदारलाई प्रहरी चौकी तिलाठीको जिम्मा लगाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button