तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर घाइते महिलाको उपचारको क्रममा मृत्यु 

अछाम । अछाममा भीरबाट लडेर घाइते महिलाको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट निवासी भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाडौँमा ज्यान गएको मृतकका श्रीमान् वीर बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।
यही चैत्र ७ गते घर नजिकैको गणेलदेव जङ्गलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उनी स्याउँलाको ढोको उचाल्ने क्रममा चिप्लिएर ढोको सहित करिब एक सय मिटर तल खसेकी थिइन् ।
४४ वर्षीया घाइते भानादेवीको वयालपाटा अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाडौँ वीर अस्पतालमा उपचार गरिएको थियो । उहाँको हिजो राती ज्यान गएको उहाँका देवर लाल बहादुर ठकुल्लाले बताउनुभयो ।
भीरबाट लडेर उहाँको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको थियो । मृतकको शव आज राती अछाम पुग्ने र भोलि बुढीगंगामा दाहसंस्कार गरिने आफन्त हर्क ठकुल्लाले जानकारी दिनुभयो । मृतकका श्रीमान् १ छोरी र २ छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button