तपाईँ सुन्दै हुनुहुन्छः

क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूूलीकरण गरी सबै स्थानीय तह क्षयरोगमुक्त गरिने बताउनुुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल र सुुखी नेपाली अभियान’ अन्तर्गत पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र बनाउनुपर्ने बताउनुुभयो ।

केन्द्रका निर्देशक डा. भट्टचनले गत आव २०७६/७७ मा एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएकाले उपचार गरिएको जानकारी दिनुभयो ।

प्रत्येक वर्ष मुलुकमा ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् ।

केन्द्रका निर्देशक डा भट्टचनले अब क्षयरोगका बिरामीलाई घरमै औषधि खुवाउने व्यवस्था गर्न थालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button