तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाडौँ । पछिल्लो समय लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको बताउनु भएको छ । बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् ।

यसै गरी, पाँच हजार ७४८ भारतीय र १२० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरूको सङ्ख्या बढिरहेको बताउनुभयो ।

गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरूको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकन समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button