तपाईँ सुन्दै हुनुहुन्छः

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा काँग्रेस नरहेको देउवाको भनाई

सुनसरी । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस अविश्वासको प्रस्तावमा तत्काल नजाने बताउनुभएको छ ।
मङ्गलवार सुनसरीको धरानमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभयो ।
देउवाले काँग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँ, अहिले सरकारमा जाने मुडामा समेत नभएको अवस्था छ” ।  देउवाले थप्नुभयो हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ अहिले जनमत पनि काँग्रेसलाई सरकारमा जानका लागि दिएको अवस्था छैन ।
उहाँले पार्टी सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको समेत बताउनुभयो । अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button