तपाईँ सुन्दै हुनुहुन्छः

चेक बाउन्स मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

राजविराज । बैङ्किङ कसुर (चेक बाउन्स) मुद्दामा जरिवाना र कैद सजाय फैसला भए लगत्तै फरार भएका एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको अग्नीसाइर कृष्णसबरण गाउँपालिका वडा नं. ५ निवासी ३३ वर्षीय प्रशान्त कुमार चौधरी छन् ।
उच्च अदालत विराटनगर मोरङ संयुक्त वाणिज्य इजलासको बैङ्किङ कसुर (चेक बाउन्स) मुद्दामा ०७७ साल पुस १३ गते चौधरीलाई ६० लाख ७५ हजार जरिबाना र १४ दिन कैद सजाय फैसला सुनाएको थियो ।
गोप्य सूचनाको आधारमा प्रहरी टोलीले चौधरीलाई घरबाटै पक्राउ गरी मङ्गलवार अदालतमा उपस्थित गराएर कैद र जरिवाना भुक्तानका लागी राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button