तपाईँ सुन्दै हुनुहुन्छः

होली नखेल्न जिल्ला प्रशासन कार्यालयको आग्रह

बझाङ । प्रशासन कार्यालय बझाङले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा देश जुटिरहेका बेला तथा देशमा पछिल्लो समयमा सङ्क्रमणको अवस्था सामान्य भएको भए पनि छिमेकी राष्ट्र भारत लगायतका  विभिन्न राष्ट्रहरूमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले सुरक्षित  रहनका लागी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
गृह मन्त्रालयको चैत ९ गते कोभिड–१९ बाट जोगिन अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, मास्क सेनिटाइजर र नियमित प्रयोग गर्नुका साथै भेला, सभा सम्मेलन, पर्व जस्ता भिडभाड हुने प्रकृतिका  कार्यक्रम नगर्न निर्देशन दिएपछि उक्तm निर्णय कार्यान्वयनका लागि आफुहरुले पनि सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले बताउनुभयो ।
साथै अधिकारी सार्कीले आउँदै गरेको होलीलाई मध्यनजर गरी सभा, भेला जस्ता कार्यक्रममा सहभागी नहुन आग्रह गरेको बताउनुभयो । महामारीका रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय बझाङमा सामान्य भए पनि बझाङबाट रोजगारीको लागी भारत लगायत अन्य छिमेकी राष्ट्रहरूमा धेरै जसो मानिसहरू जाने भएकाले बझाङ जिल्ला उच्च जोखिममा रहेको समेत बताउनु भएको छ ।
भारतमा रोजगारीका लागी गएकाहरू भारतमा कोरोना सङ्क्रमणको सङ्ख्या बढे सँगै नेपाल फर्कन थालेका छन् । त्यसमा पनि अधिकांश व्यक्तिmहरू सुदूरपश्चिमका मानिसहरू भएकाले जिल्लामा थप संक्रमण भएपछि के के गर्ने भनेर पूर्व तयारी गर्नका लागी बुधवार जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
साथै बझाङ जिल्लामा कोभिडको अवस्था सामान्य भएपछि सुरु हुन लागेका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई उक्तm सूचना मार्फत जिल्ला प्रशासन कार्यालय बझाङले आग्रह गरेको छ । साथै उक्तm सूचना विपरीतका कार्यहरू गरे गराएको पाइएमा सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गरिने समेत अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button