तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानले मनायो ८१औँ पाकिस्तान दिवस

इस्लामाबाद । पाकिस्तानमा मङ्गलबार ८१औँ पाकिस्तान दिवस मनाइएको छ ।

परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ ।

पाकिस्तानमा हरेक बर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने गरिएको छ ।

स्वतन्त्र मुस्लीम राज्यका लागि भएको सङ्घर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो ।

दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुवास्थ्यको कामना गर्नुभएको छ ।

देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उहाँहरूले जोड दिनुभएको छ ।

सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गर्नुभएको छ ।

दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र सङ्घसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button