तपाईँ सुन्दै हुनुहुन्छः

झापामा क्वोरन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्न प्रशासनको आग्रह

झापा ।  कोरोना संक्रमण कम भएपछि बन्द गरिएका झापाका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई फेरि तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

मंगलवार जिल्ला कोभिड– १९ विपद् ब्यवस्थापन केन्द्र झापाको बैठकले जिल्लामा पहिले सञ्चालनमा रहेका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिम्ल्निाले जानकारी दिनु भयो ।

संघीय सरकारको निर्देशन अनुसार कोभिड १९ को जोखिम नियन्त्रणका लागि ६ बुँदे निर्णय गरिएको छ । जुनसुकै बेला क्वारेन्टिन र आइसोलेशन केन्द्र प्रयोग गर्नुपर्ने हुनसक्ने भएकाले तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको प्रजिअ तिमिल्सिनाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने र नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने व्यवस्था गरेको छ । झापाको झण्डै १४४ किलोमिटर भारतसँगको खुला सिमाना पर्छ ।

बैठकले कोभिड १९ संक्रमणको अवस्थालाई ध्यानमा राखी नजिकै आइरहेको पर्वमा समेत भिडभाड नगर्न नगराउन सबैलाई अनुरोध गरेका छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन समेत पनि सबैलाई अनुरोध गरेको प्रजिअको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button