तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा क्षयरोगका बिरामी २५४ जना

तनहुँ । तनहुँमा २५४ जना नयाँ क्षयरोगका बिरामी रहेका छन । जसमा व्यास नगरपालिकामा ६८ जना, भानु नगरपालिकामा ३२ जना, शुक्लागण्डकी नगरपालिकामा ३५ जना, भिमाद नगरपालिकामा २४ जना, बन्दिपुर गाउँपालिका १५ जना, आबुँखैरेनी गाउँपालिकामा २७ जना, म्याग्दे गाउँपालिकामा १३ जना, देवघाट गाउँपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ११ जना र घिरिङ गाउँपालिकामा ७ जना क्षयरोगका बिरामी रहेका छन ।

फोक्सोको क्षयरोगी बढी रहेको स्वास्थ्य कार्यालय तनहुँका क्षयरोग, कुष्ठरोग अधिकृत कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।६ महिनामा नियमित औषधी सेवन गरे क्षयरोग निको हुने अधिकृत अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा विश्व क्षयरोग दिवस मनाइएको छ ।

’संकेत समयको, क्षयरोग अन्त्यको’ को भन्ने मुल नाराका साथ बुधबार विश्व क्षयरोग दिवस मनाइएको छ ।विश्वमा १ करोड ४ लाख क्षयरोगबाट ग्रसित रहेका छन । प्रत्येक वर्ष ९६ लाख क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन । नेपालमा ८० हजार भन्दा बढी क्षयरोगका बिरामी छन । ४४ हजार बिरामी थपिने अनुमान रहेको छ ।

क्षयरोगले ५ हजार देखि ६ हजार ५ सय जनासम्म वार्षिक ज्यान लिने गरेको छ । नेपाललाई सन २०५० सम्म क्षयरोग विहीन नेपाल बनाउने परिकल्पना रहेकोे छ ।

के हो त क्षयरोग ?

यो जनमानसले क्षयरोगलाई ‘टीबी’ भनेर बुझ्ने गरेका छन् । क्षयरोग एक माइक्रो ब्याक्टेरियम ट्युबरकुलोसिस (mथअयदबअतभचष्गm तगदभचअगयिकष्क) नामक किटाणुबाट लाग्ने सरुवा रोगमध्ये गम्भीर खालको सरुवा रोग मानिन्छ ।

यो क्षयरोग मुख्य त फोक्सोमा लाग्ने भए पनि शरीरका अन्य अंगहरू जस्तो ः हाड जोर्नी, मुत्र प्रणाली, पाठेघर, कलेजो, स्नायु पेट, आन्द्रालगायतका भागहरूमा पनि संक्रमण हुने संभावना हुन्छ ।

लक्षण र उपचार

२–३ हप्ता भन्दा बढि समय खोकी लागिरहने र खकारमा रगत देखिने, छाती दुख्ने, हल्का काम गर्दा पनि थकाई लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्नेजस्ता लक्षण देखिएमा क्षयरोग हुनसक्ने प्रबल सम्भावना हुन्छ । त्यसो भएकाले यस्ता लक्षण देखिएमा समयमै खकार तथा रगत परीक्षण गराउने, छातीको एक्सरे गराइहाल्नुपर्छ ।

खासगरी रुघा, खोकी, फोक्सोमा असर भएका कारण श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षण कोभिड–१९ मा पनि देखिने भएकोले ती परीक्षणहरू गराउनु उत्तम हुनेछ ।

रोग देखिएमा चिकित्सकको सहयोगमा नियमित औषधिको प्रयोग गर्नुपर्दछ । नेपाल सरकारबाट प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा क्षयरोगको उपचार तथा औषधि निःशुल्क दिने व्यवस्था गरिएको छ ।

सम्बन्धित विज्ञहरूका अनुसार यसरोगबाट बच्न कोभिड–१९ बाट बच्न अपनाएका उपाय नै सरसफाइमा विशेष ध्यान दिने, मास्क लगाउने, कोठामा हावा ओहोर–दोहोर हुने र घामको किरण पर्ने व्यवस्था गर्ने, क्षयरोग लागेका ब्यक्तिको सम्पर्कबाट केही टाढा रहने, बालबालिकालाई समयमै बिसिजी खोप लगाउने, धुमपान तथा मद्यमान सेवन नगर्नेलगायतका सावधानी अपनाउनु पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button