तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा मोटरसाइलकमा सवार एक जनाको मृत्यु

सांकेतिक तस्बिर

राजबिराज । सप्तरीको पोर्ताहास्थित पुर्व पश्मि राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ७७१५ नम्वरको मोटरसाइलकलाई सोही दिशाबाट आउँदै गरेको ना.७ ख ९३३९ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एककोे घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका–५ बस्ने २० वर्षीय देब कुमार चौधरीको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना सोही ठाँउका १९ वर्षीय प्रदिप मुखिया धाइते भएक छन् ।

मंगलबार राति करिब ९ः०० बजे भएको उक्त दर्घटनामा ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिइ दर्घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button