तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला परिक्रमाका तीर्थ यात्रीहरू धनुषाको औरहीमा 

जनकपुरधाम ।  १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थ यात्रीहरूको टोली आज धनुषाको जिल्लाको औरहीमा आइपुगेको छ ।
धनुषाको सतोखरबाट मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरी जी अर्थात् माता जानकीको डोलासँगै हजारौँ तीर्थयात्रीहरू कमला विमला नदीमा स्थान गरेर भगवानको जयजयकार गर्दै औरहीमा आइपुगेको हो ।
परिक्रमाको सबैभन्दा लामो दूरीको पडाव स्थलको रुपमा औरही रहेको छ । फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामको हनुमान गढीबाट औपचारिक रुपमा सुरु भएको १५ दिने मिथिला परिक्रमाका तीर्थयात्रीहरू नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी तय गरेर फागु पूर्णिमाका एक दिन अगाडी जनकपुरधाम आउने र जनकपुरधामको पञ्चकोशी अन्तर गृह परिक्रमा गरेर घर फर्किनेछ ।
नेपाल भारतको हजारौँ तीर्थयात्रीहरू सहभागी भएका १५ दिने मिथिला परिक्रमाका तीर्थयात्रीहरू जनकपुरधामको अन्तर गृह परिक्रमा गरेर घर फर्केपछि तराई मदेसका जिल्लाहरूमा होली खेल्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button