तपाईँ सुन्दै हुनुहुन्छः

जातीय छुवाछुत तथा भेदभाव सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित

काठमाडौँ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले विज्ञ समूहले बुझाएको जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को कार्यन्वयन अवस्था र परीक्षण सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

समितिको आज बसेको बैठकले अधिवक्ता राजुप्रसाद चापागाई संयोजक रहेको मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले समाजमा जातीय छुवाछुत र भेदभाव अझैपनि अन्त्य भई नसकेकाले कानुनको प्रभावकारी कार्यन्वयनसँगै यस्ता विकृति उन्मुलन गर्न अभियान नै चलाउनु पर्ने बताउनुभयो ।

समिति सभापति कृष्णभक्त पोख्रेलले जातीय छुवाछुत र विभेदकै कारण कतिपय अपराध बढिरहेकाले कानुनको प्रभावकारी कार्यन्वयनबाट नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।समितिमा विज्ञ समूहले प्रस्तुत गरेको सो प्रतिवेदनमा जातीय छुवाछुत तथा भेदभाव उन्मुलन गर्न र त्यस सम्बन्धी कसुर र सजायलाई व्यवस्थित गर्न २५ बुदे सुझाव प्रस्तुत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button