तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक जना छात्राको मृत्यु

बझाङ । बझाङको तलकोट गाउँपालिकामा टिउसन पढ्न जानेक्रममा भिर लडेर एक जना छात्राको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकामा पर्ने दुर्गा भवानी माविमा कक्षा ७ मा अध्ययनरत तलकोट गाउँपालिका–४ की १६ वर्षीया मिउजला बोहोराको लाग्नेपाड भन्ने भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ५ः३० बजे टिउसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले गाउँ घरका साथीहरू र विद्यालयमा सोधी खोजी गर्दा विद्यालय नपुगेको र सार्थीहरुसँग पनि नगएको र खोजी गर्ने क्रममा भिर नजिकै उनको चप्पल भेटाइएको थियो ।

चप्पल भेटिएको आधारमा खोजी गर्दै जाँदा भिरबाट करिब हजार मिटर तल टाउको र शरीरका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा उनलाई मृत फेला पारेको तलकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मन बहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button