तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९का सम्बन्धमा सरकारले गरेका कामको अनुगमन गर्न गठित उपसमितिले प्रतिवेदन बुझायो 

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन समिति समक्ष पेस गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक जीवनराम  श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष प्रतिवेदन पेस गर्नुभयो ।

समितिले पछिल्लो समय छिमेकी देशहरूमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सो सम्बन्धी आवश्यक सतर्कता अपनाउन विशेष पहल गर्नुपर्ने र हालको कोभिडजस्ता सङ्क्रामकको महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधा सहितको संरचना तयार गर्न सुझाव दिएको छ ।

No description available.

सर्वसाधारण नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ ।

उपसमितिले देशैभरका विभिन्न कोरोना अस्पताल, क्वारेन्टिन र आइसुलेसनहरुको अनुगमन गरी प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिवेदन बुझेपछि समितिका सभापति घर्तीले उपसमितिको प्रतिवेदन समितिको बैठकले छलफल गरी पारित गर्ने जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि गत भदौ ९ गते बसेको समितिको बैठकले सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा अन्जना बिशंखे, एकवाल मिया, तिलकबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य रहेको ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button