तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर

पाल्पा । पाल्पामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार फागुन ११ गतेदेखि चैत ११ गतेसम्म गरिएको परीक्षणमा ६ जना पुरुष र ६ जना महिला गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरूमा तानसेन नगरपालिका तथा अस्पतालका ३ पुरुष र ५ महिला, रिव्दीकोट गाउँपालिकाका १ पुरुष, बगनासकाली गाउँपालिकाका पुरुष २ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला गरी १२ जना रहेका छन् ।

यस्तै पछिल्लो १० दिनमा कोरोना जितेर १० जना घर फिर्ता भएका छन् । ५ जना महिला र ५ जना पुरुष गरी १० जनाले कोरोनालाई जितेको पन्थीले बताउनुभयो ।

पाल्पामा यससँगै कोरोनालाई जित्नेको सङ्ख्या १ हजार ९ सय २६ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ७३ जना पुगेको छ ।

पाल्पामा कोरोना सङ्क्रमण देखिएका ३५ जनाको निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button