तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा बस र ट्रक ठोकिदा १८ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानिमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

दुवै सवारीका चालक, सहचालक गरी तीन जना र यात्रु १५ जना गरी १८ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते मध्ये ट्रकका चालक गम्भीर रहेको र उनको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा अन्यको चुरेहिल र सहकारी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button