तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा जिप दुर्घटना : १६ घाइते, पाँचको अवस्था गम्भीर

पर्वत । पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीको गहते भन्ने स्थानमा जिप दुर्घटना भएको छ । ठुलिपोखरीबाट कुश्माको लागि छुटेको ग २ च ५२१३ को जिप दुर्घटनामा परेको हो ।

जिपमा सवार चालकसहित १६ जना घाइते भएका छन् भने पाँच जना यात्रुको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । जिप बिहान ९ः३० बजे ठुलिपोखरीबाट छुटेको थियो भने घाइते सबैलाई पर्वत अस्पताल ल्याइँदै छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button