तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको उपचुनावमा थापा नै बने एमालेको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउनेभएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि आजै वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लाग्नुभएको छ ।

बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि गृहमन्त्री बादल एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा जानुभएको हो ।

यता माओवादी केन्द्र र नेपाली कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेद्वारी दिँदैहुनुहुन्छ ।

उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उहाँ पनि हेटौंडा पुगिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button