तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १० का ६१ वर्षीय पुरुष, बारबर्दिया ६ बर्दियाका ४७ वर्षीय पुरुष, टिकापुर २ कैलालीकी ४८ वर्षीया महिला, नेपालगन्ज ६ का ३४ वर्षीय पुरुष, नेपालगन्ज १८ की ५६ वर्षीया महिला, नेपालगन्ज ३ का ५२ वर्षीय पुरुष, नेपालगन्ज १२ की ६० वर्षीया महिला, नेपालगन्ज १० की ५४ वर्षीया महिला तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० बाँकेकी २७ वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचाररत नेपालगन्ज ६ का ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट बाँकेका १६९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button