तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबिसे नगरपालिका : उपप्रमुखको गाडी बन्यो सङ्क्रमित बोक्ने एम्बुलेन्स

चौतारा । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका उपमेयर सुशिला पाख्रिनले आफूले प्रयोग गर्दै आएको सवारी साधन एम्बुलेन्सको रुपमा सञ्चालन गर्न स्वास्थ्य संस्थालाई दिनु भएको छ ।

जिल्लामा कोभिड १९ को महामारी बढ्दै गएपछि सङ्क्रमितहरूलाई समयमै अस्पताल पुर्‍याउन र बिरामी ओसारपसारमा कमी हुन नदिन उपमेयर पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा सञ्चालन गर्न दिनु भएको हो ।

स्वाब लिएर दैनिक काभ्रेस्थित धुलिखेल अस्पतालमा जानु पर्ने र नगरपालिकामा सीमित एम्बुलेन्स मात्र भएको कारण एम्बुलेन्स प्रयोजनका लागि आफूले प्रयोग गर्दै आएको गाडी स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको उपमेयर पाख्रिने बताउनु भयो । पछिल्लो पटक बाह्रबिसे नगरपालिकामा मात्र कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button