तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । गृहमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जेठ ६ गते हुने उपनिर्वाचनका लागि बादलको प्रस्तावकमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बस्नुभएको छ । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बस्नुभएको छ ।

यता नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल बस्नुभएको छ भने समर्थक कांग्रेस सांसद राधा घले बस्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button