तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई  जना पक्राउ

सुनसरी । मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागु औषधसहित दुई युवा पक्राउ परेका छन् ।

बिहीबार राती भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को२५प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक इटहरी उप–महानगरपालिका–४ का २४ वर्षीय असीम बस्नेत र स्कुटरमा पछाडि सवार रहेका इटहरी उप–महानगरपालिका–५ का ३२ वर्षीय कुमार विश्वकर्मा लागु औषधसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले लागु औषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाइट्रोजन ट्याब्लेट १० चक्की र सामुसङ कम्पनीको २ थान मोबाइल बरामद गरेको छ ।

लागु औषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button