तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुपमा एक बालकसहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सप्तरी । सप्तरीको कञ्चनरुपमा आज (शुक्रवार) एक बालकसहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा एक बालकसहित १७ जनामा सङ्क्रमण देखिएको हो ।

सबैभन्दा बढी वडा नम्बर ८ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का १९, १९, ४०, ५८, १७, १९, ७५, १५ र ५८ वर्षीय पुरुष र ४०, ३१, ६४ र १७ वर्षीया महिला , वडा नम्बर २ का ९ वर्षीय बालक तथा ५० वर्षीय महिला , वडा नम्बर १२ का ३३ र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।

योसँगै कञ्चनरुपमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । जसमा ४३ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् भने दुई जना विराटनगरमा उपचाररत छन् , एक जना राजविराजमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button