तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पतालमा ८ वटा नयाँ भेन्टिलेटर जडान हुँदै 

जनकपुरधाम  । प्रदेश नंं २ मा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै गम्भीर बिरामीको सङ्ख्या बढ्न थालेपछि प्रदेश सरकारले सेवा बिस्तार गरिरहेको छ ।
जनकपुरधामको प्रादेशिक अस्पताल ८ वटा नयाँ भेन्टिलेटर जडान भइरहेको छ ।
दुई दिन अघि युएसएड भन्ने संस्थाले सहयोगमा दिएको चार वटा नयाँ भेन्टिलेटर २४ घण्टा समेत नचलेर बिग्रिए पनि नयाँ भेन्टिलेटर जडा भइरहेको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको आठ वटा नयाँ भेन्टिलेटर जडान हुन लागेको छ ।
आज बिहानैदेखि भेन्टिलेटर जडानको काम भइरहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।
प्रादेशिक अस्पतालमा प्रदेश सरकारले केही महिना अघि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो । यद्यपि सेवा सुविधा र उपकरणको मामलामा अझै पछाडि रहेको भन्दै सबै तीरबाट दबाब आएपछि थप भेन्टिलेटर जडान गर्ने काम भइरहेको छ ।
प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना महामारीलगायत अन्य समयमा सिकिस्त बिरामीहरूलाई बाहिर रेफर गरिँदै आएको छ । नयाँ भेन्टिलेटर जडानले बिरामीलाई बाहिर रेफर गर्नु पर्ने बाध्यतामा कमी आउने छ ।
प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठुलो अस्पतालको रुपमा प्रादेशिक अस्पताल रहेको छ । जनशक्ति तथा साधन श्रोत अझै थप्नु पर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button