तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

काठमाडौँ । राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा. प्रेम दंगाल नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. दंगाललाई चार वर्षका लागि राष्ट्रिय किसान आयोगको अध्यक्षमा गरेको हो ।
त्यस्तै आयोगको सदस्यहरूमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेक बहादुर बोगटी (सहकारी), पुष्पा भुसाल (विज्ञ सदस्य)मा नियुक्त हुनुभएको छ ।
अध्यक्ष दंगाल यसअघि युवा तथा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button