तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले जनकपुरधाम सहितका जिल्लाको जनजीवन प्रभावित

जनकपुरधाम । प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित विभिन्न जिल्लाहरूमा गए राति र आज बिहान परेको भारी  वर्षाका कारणले जनजीवन प्रभावित बनेको छ ।
हावाहुरीसँगै आएको भारी  वर्षाका कारणले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको केही भागमा पानी जमेको छ ।
जनकपुरधामको वडा नंं ७ र ८ मा अहिले भूमिगत ढलको निर्माणको काम भइरहेको बेलामा मूसलाधार वर्षाका कारणले कामकाज प्रभावित हुनुको साथै पानीको निकास नभएर डुबानमा परेको छ ।
हावा हुरीसँगै मूसलधारे वर्षाका कारणले खनिएका सडकहरूमा हिलो तथा पानी जमेको छ । सडकमा हिलो जमेका कारणले सर्वसाधारणलाई आवत जावतमा समस्या उत्पन्न भएको छ ।
मनसुनी वर्षा हुने क्रम रोकिएको छैन । बिहानदेखि दिउँसोसम्म हल्का वर्षा जारी नै रहेको छ । धनुषा जिल्लाका अतिरिक्त, महोत्तरी, सर्लाही तथा सिराहा जिल्लामा पनि वर्षा भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button