तपाईँ सुन्दै हुनुहुन्छः

खुकुरी प्रहार गरी फरार रहेका एक व्यक्ति पक्राउ

भोजपुर । खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाई भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको वैशाख २० गते भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर ४ का युवराज राईको १३ वर्षका छोरा अरबिन राईलाई बाख्रा चराउँदै गरेको अवस्थामा सोही ठाउँ बस्दै आएका ४९ वर्षीय जगदीश सार्कीले निर्ममतापूर्वक खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।
फरार रहेका सार्कीलाई प्रहरी चौकी कुदाककाउलेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले षडानन्द नगरपालिका वडा नम्बर १ को सोमबारेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक शिशिर थापाले बताउनुभयो ।
पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई जिल्ला आवश्यक अनुसन्धान सुरु गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button