तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
शुक्रवार वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीमा कोभिड अस्पतालको नगर प्रमुख देवकुमार सुवेदी शुभारम्भ गर्नु भएको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएसँगै सङ्क्रमितलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
उहाँले तत्कालका लागि १० बेड अक्सिजनसहित २५ शय्या कोभिड अस्पताल लाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
नगर उपप्रमुख महोनमाया ढकालले आवश्यक परेमा २५ शय्याको कोभिड अस्पताललाई ५० शय्याको समेत बनाइने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने बताउनुभयो । ‘नगर क्षेत्रका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री आपूर्ति गर्नको लागि नगरपालिका तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल स्वास्थ्य संस्थामा खबर गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘प्रदेश अस्पतालमा बिरामीको चाप बढिरहेकाले नगर क्षेत्रका बिरामीलाई नगर क्षेत्रमै उपचारमा सहजताका लागि सकेसम्म आवश्यक पर्ने सबै स्रोत साधनको व्यवस्था मिलाएका छौँ ।’
उहाँले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा आफ्ना सबै स्वास्थ्यकर्मीलाई  परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button